प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न सांसद बडूको माग

प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न सांसद बडूको माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले नेपाल प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौंमा गर्ने गरी बोलाइएको भन्दै आपत्ति जनाएका हुन् । उनले अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । 

सांसद बडूले दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउन नहुने बताए । उनले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै हुनुपर्ने पद्धतिको विकास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए ।

Recent Comments

No comments to show.