क्रिकेटमा सफ्ट सिग्नल खारेज, यस्तो बनाइयो नयाँ नियम

क्रिकेटमा सफ्ट सिग्नल खारेज, यस्तो बनाइयो नयाँ नियम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सफ्ट सिग्नलको नियम खारेज गरेको छ। अर्थात्, अब तेस्रो अम्पायरले मात्र फिल्डरले सही क्याच समातेको हो कि होइन भन्ने निर्णय गर्नेछ। यसका साथै फिल्डर, विकेटकिपर र ब्याट्सम्यानले ३ अवस्थामा हेल्मेट लगाउनुपर्नेछ।

यी नियमहरू इङ्ल्यान्ड र आयरल्यान्डबीच जुन १ देखि इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा हुने टेस्ट म्याचबाट सुरु हुने जनाइएको छ। जुन ७ मा भारत र अष्ट्रेलियाबीच हुने ७ जुनमा हुने आईसीसी वर्ल्ड टेस्ट फाइनलमा पनि नयाँ नियम प्रयोग गरिने छ।

के हो सफ्ट सिग्नल ?

खेलका क्रममा, यदि ग्राउन्ड अम्पायरले थर्ड अम्पायरलाई क्याच रेफर गरे भने उनले आफ्नो राय के हो भनेर सफ्ट सिग्नलमार्फत बताउनुपर्ने हुन्छ। अर्थात्, ग्राउन्ड अम्पायर क्याचबारे अलमलमा पर्न सक्छन्, तर उनले तेस्रो अम्पायरलाई आफ्नो विचारमा आउट वा नटआउट भन्ने कुरा बताउनुपर्ने हुन्छ। 

तेस्रो अम्पायरले ग्राउन्ड अम्पायरले सफ्ट सिग्नलमा भनेको कुरा परिवर्तन गर्न सक्दैन, जबसम्म उनीसँग यसका लागि निर्णायक प्रमाण छैन। अर्थात् तेस्रो अम्पायरले पनि क्याच क्लिन छ कि छैन भन्ने पक्का नभएको अवस्थामा ग्राउन्ड अम्पायरको सफ्ट सिग्नललाई नै अन्तिम निर्णय मानिन्थ्यो।

के हुनेछ हुनेछ ?

सफ्ट सिग्नलहरू सधैं क्रिकेट विज्ञहरूबीच चर्चाको विषय बनेको छ। सौरभ गांगुलीको अध्यक्षतामा रहेको आईसीसी क्रिकेट समितिले यसलाई खारेज गर्न सुझाव दिएको थियो। अब आईसीसीले क्रिकेट कमिटीको सुझावलाई कार्यान्वयन गर्दै सफ्ट सिग्नल खारेज गरेको छ। 

अब फिल्ड अम्पायरले क्याच रिभ्यु गर्न थर्ड अम्पायरलाई रिफर गरेमा उसले आफ्नो सुझाव दिने छैन। अब थर्ड अम्पायरले टेक्नोलोजीका आधारमा समीक्षा गरेर आफैं निर्णय गर्ने र थर्ड अम्पायरको निर्णय सही मानिनेछ।

Recent Comments

No comments to show.