काठमाडौं । शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ।
च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ। यसैगरी त्रिपुरेश्वरस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ।
सो खेल पनि ३ बजेवाट सुरु हुनेछ। उता, साँझ ६ बजेवाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन्।
प्रतिक्रिया