एमाले केन्द्रीय कमिटी बैठकमा बिहीबार पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठकमा बिहीबार पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ ।

बिहीबार बसेको बैठकमा चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिकले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको थियो ।

यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले प्रतिवेदन पेस गरेका हु्न् ।

यस्तै अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेस गरेका छन् ।

कोशी प्रदेशको राजेन्द्र गौतम, मधेस प्रदेश सचिव रघुवीर महासेठ, बागमती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पद्मा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेस गरेका थिए ।

यस्तै उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्यूरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरेका थिए ।

शुक्रबार बिहान ८ बजेदेखि सरु हुने बैठकमा  यी सबै प्रतिवेदनमा समूहगत रूपमा छलफल हुने नेकपा एमालले जनाएको छ ।

Recent Comments

No comments to show.