सिंगापुर, मान्दिभ्स र दुबई पठाउने भनी ठगी गर्ने पक्राउ

सिंगापुर, मान्दिभ्स र दुबई पठाउने भनी ठगी गर्ने पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौंको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिंगापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्यालयले जनाएको छ।

सिंगापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक चार लाखसम्म तलब हुने भनी प्रलोभन देखाएका थिए।

पीडितबाट ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरी आज वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

सिग्देललाई जडीबुटीबाट पक्राउ गरिएको र बिहीबार नै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। यस्तै तामाङलाई भने काठमाडौंको बसुन्धाराबाट पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ।

Recent Comments

No comments to show.