नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी थ्री, मूल्य कति ?

नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी थ्री, मूल्य कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  सांग्रिला मोटर्सले फेन्च ब्रान्डको उत्कृष्ट गाडी सिट्रोनको सी थ्री नेपाली बजारमा सार्वजनिक गरेको छ।  गत  बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले सी थ्री सार्वजनिक गरेको हो । 

१२ सय इन्जिन क्षमतामा उपलब्ध सी थ्री आकर्षक मूल्यमा आएको कम्पनीको दाबी छ । अप्सन हेरि सिट्रेन थ्री को  शुरूवाती मूल्य ३४ लाख ४९ हजार रूपैयाँदेखि ३६ लाख ३९ हजार रुपैयाँमा नै उपलब्ध गराइएको साङ्ग्रिला मोटर्सका प्रवन्ध निर्देशक हेमन्त गोल्छाले बताए। फ्रेन्च ब्रान्डको सिट्रोन आकर्षक र उत्कृष्ट पर्फमेन्सयुक्त समेत रहेको उनको भनाइ छ ।

गोल्छाका अनुसार हाल नेपालली बजारमा सिट्रोनको टप भेरियन्ट मात्रै उपलब्ध रहेको जानकारी दिए। सी थ्री भारतमा उत्पादित मोडल भएकाले नेपालको लागि उपयुक्त हुने समेत उनले बताए।  

पेट्रोल इन्जिनमा उपलब्ध ११ सय ९८ सीसीको गाडीले ५ हजार ७५० आरपीएममा ८२ पीएस पावर र ३ हजार ७५० आरपीएममा ११५ एनएम टर्क जेनेरेट गर्छ। गाडीले प्रतिलिटर १९ किलोमिटरसम्म माइलेज दिने कम्पनीले उल्लेख गरेको छ। गाडीमा ३० लिटरको फ्यूल ट्याक्की उपलब्ध छ।

Recent Comments

No comments to show.