सर्लाहीमा टाउको काटिएको अवस्थामा भारतीय युवाको शव फेला

सर्लाहीमा टाउको काटिएको अवस्थामा भारतीय युवाको शव फेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही  । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ । 

हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका १  पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो। बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ। घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राखेकाे छ।  

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ। घटनास्थलमा कुनै हतियार फेला परेको छैन । यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन। 

Recent Comments

No comments to show.