काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो। खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।
प्रतिक्रिया