रोकियो शेयर बजारको ओरालो यात्रा, कारोबार ७७ करोडमा सीमित

रोकियो शेयर बजारको ओरालो यात्रा, कारोबार ७७ करोडमा सीमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार गिरावट आएको शेयर बजारको ओरालो यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.६६अंकले घटेर १८४४.३६ बिन्दुमा पुगेको हो ।

यसदिन ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको २८ लाख ३६ हजार १३९ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

पिपल्स पावरको शेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढेको छ। कालिन्चोक दर्शनको शेयर मूल्य ४.६५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२० रुपैयाँ पुगेको छ।

यसैगरी, युनिक नेपाल लघुवित्तको शेयरमूल्य ८.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५११ रुपैयाँ ३० पैसा पुगेको छ।

यस्तै, सिटीजन्स म्युचुअल फण्ड–२ को इकाई मूल्य ४.३२ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ५३ पैसा पुगेको छ। हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

Recent Comments

No comments to show.