ए डिभिजन: मच्छिन्द्र क्लब विजयी

ए डिभिजन: मच्छिन्द्र क्लब विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले हराउँदै मच्छिन्द्र विजयी भएको हो।

मच्छिन्द्रको जितमा ओमोलाजा करिम र ओलवाले हाफिजले गोल गरे। एपीएफका लागि अर्माण्ड बिनोङले एक गोल गरे। जितसँगै २४ अंक जोडेको मच्छिन्द्र लिगको चौथो स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा संकटा र त्रिभुवन आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा दुबै टोलीले एक/एक गोलको बराबरी खैदै एक÷एक अंक बाँडेका हुन्। आर्मीका लागि खेलको १७ औँ मिनेटमा भरत खवासले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा संकटासँग बराबरीमा रोकिन पुग्यो।

अतिरिक्त समयको छैटौँ मिनेटमा संकटाका युसिफ अत्रिसले बराबरी गोल गरे। बराबरीसँगै रेलिगेशन जोनमा रहेको संकटा १० औँ स्थानमा उक्लिएको छ। आर्मी भने छैटोँ स्थानमा यथावत् छ।

जारी लिगमा २७ अंकसहित चर्चब्वाइज शीर्ष स्थानमा छ। २४ अंकको जावलाखेल दोस्रो तथा समान अंकको थ्रीस्टार तेस्रो स्थानमा छ। फ्रेण्ड्स र पुलिस रेलिगेशन जोनमा छन्।

Recent Comments

No comments to show.