निलम्बित भए प्रहरीको फरार सूचीका एमाले सांसद कोइरी

निलम्बित भए प्रहरीको फरार सूचीका एमाले सांसद कोइरी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बित गरी सूचना टाँस भएको बारे जानकारी गराए ।

यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

वर्षे अधिवेशनको पहिलो दिन आज सांसदहरुले विभिन्न विषयमा संसदमा आवाज उठाए। नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक प्रकरणमा सांसदहरुले आआफ्नो धारणा राखे। बैठक भोलि ११ बजे बस्नेगरी स्थगित भएको छ।

Recent Comments

No comments to show.