बालकृष्ण खाण, आरजु, दीपेश पुनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

बालकृष्ण खाण, आरजु, दीपेश पुनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले कुनै पनि अपराधमा संलग्न मानिसलाई कुनै पनि राजनीतिक रङ्ग दिएर उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।  

प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले उनीहरूलाई उन्मुक्ति दिनुहुँदैन भन्ने माग एमालेलेको रहेको प्रष्ट पारे। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आर्जु देउवा र पूर्व गृह मन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको पनि संलग्नता देखिएकोले उहाँ माथि पनि छानबिन गरिनु पर्ने उनले बताए । 

‘यो प्रकरणका पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा संलग्न देखिएका छन् । उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने पक्षमा एमाले रहेको उल्लेख गर्दै यसमा साथ दिन तयार रहेको बताए । पार्टीका नेता टोपबहादुर रायमाझी पनि कानुनी प्रक्रियाबाट बाहिर नरहेको उनले प्रष्ट पारे 

यो पनि :  

‘मैले केही बिराएको छैन, डराउदिनँ, सबैको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राखौं’

Recent Comments

No comments to show.