महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन : मन्त्री शर्मा

महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन : मन्त्री शर्मा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउनु नहुने बताएकी छन्।

बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफलमा उनले यस्तो बताएकी हुन्। उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताइन्। 

उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्ने कुरा आफैँमा गलत रहेको बताइन्। उनले विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने उल्लेख गरिन्।

उनले भनिन्, ‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ। त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनु हुँदैन। हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन। महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् ? महिलाहरुको सुन्दरताका कारणले पनि होला भन्नुभयो तर त्यसो हो जस्तो मलाई लाग्दैन। सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ। समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्ने कुरा आफैँमा बेठिक छ। विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन।’ 

मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिइन्।

Recent Comments

No comments to show.