काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा बुधबार दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो । 

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । 

Recent Comments

No comments to show.