सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ

सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नक्कली भुटानी शरणार्थी खडा गरेर आर्थिक लाभ लिएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। 

गृहमन्त्रालयका सचिवसमेत भइसकेका पाण्डेलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पाण्डेलाई प्रहरीले बोलाएर छलफल गरेको थियो। 

उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। हाल भने उनी उपराष्ट्रपति कार्यालयमा सचिवको रूपमा कार्यरत छन्। 

मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको बताएका थिए। 

पाण्डे बालकृष्ण खाँणको पालामा पाण्डे गृहसचिव भएका थिए। 

तत्कालीन ऊर्जामन्त्री तथा  एमालेका सचिव टोपबहादुर रायमाझीसमेत सो गिरोहसँग जोडिएका थिए। उनका छोरा सन्दीप पनि संलग्न देखिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गराएको हो। 

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले यो प्रकरणबारे अनुसन्धान गरिरहेको छ।

शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गृहको प्रतिवेदनमा ८ सय ७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको आरोपमा केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ पक्राउ परिसकेका छन्।

Recent Comments

No comments to show.