काठमाडौ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले आज शपथ खान लागेका हुन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया