आत्महत्या दुरुत्साहन मुद्दामा दुईजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा दुईजना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेल रहेका छन् ।

विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्दप्रसाद नेपालले गत १४ गते बिहान आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेका थिए । 

गोविन्दको विराटनगरकै रेडप्लस अस्पताल उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । उनको परिवारले गति र सविनाविरुद्ध वैशाख १६ गते मोरङ जिल्ला प्रहरी कार्यालयमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी दिएका थिए । 

सोही आधारमा दुई जनालाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Recent Comments

No comments to show.