नागरिक उन्मुक्तिसहित ४ पार्टीबीच एकता घोषणासभा

नागरिक उन्मुक्तिसहित ४ पार्टीबीच एकता घोषणासभा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच सोमबार विराटनगर पार्टी एकता घोषणासभाको गरिएको छ।

उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक  त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेले १० बुँदे पार्टी एकतामा हस्ताक्षर गरेका छन्।

भूमि व्यवस्थामन्त्री चौधरीले एकता घोषणासभाको उद्घाटन गर्दै यो पार्टी दमनविरुद्ध जन्मिएको बताए। उनले विगतमा सुदूरपश्चिमको टिकापुरमा भएको घटना मुलुकको अन्य ठाउँमा नहोस् भन्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। 

मन्त्री चौधरीले राजबन्दी रिहाइ र जनताको विकासप्रतिको चाहना पूरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरी सदन र सरकारमा सहभागी भएको प्रष्ट पारे।

सङ्घीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एवि पण्डाक लिम्बू, उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित, कोचिला सङ्घर्ष समितिका अध्यक्ष चौधरीलगायतले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिए।

Recent Comments

No comments to show.