काठमाडौं । सरकारले कृषि अनुदानका नाममा कार्यकर्ता र नातेदारलाई भरणपोषण गरेको भन्दै नुवाकोटको ककनीका एक युवा आमरण अनशन बसेका छन् ।
सरकारले दिने कृषि अनुदानमा वास्तविक किसानको पहुँचको माग गर्दै नुवाकोट ककनीका ३० वर्षीय श्रीराम घिमिरे नौ दिनदेखि काठमाडौंको भूगोल पार्कमा आमरण अनशन बसेका हुन् ।
घिमिरेले १० प्रतिशत बजेट कृषि क्षेत्रलाई छुट्याउन सरकारसँग माग गरेका छन् । यस्तै कृषिमा लगानी गर्न चाहनेका लागि १ प्रतिशत ब्याजमा ५० लाखसम्म ऋणको व्यवस्था, कृषि कार्ड, कृषकलाई यातायातमा ५० प्रतिशत छुटलगायतको माग राखेका छन् ।
‘स्वास्थ्य परीक्षण गराउँदा निजको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको छ राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

प्रतिक्रिया