कांग्रेस महामन्त्री शर्मा भन्छन्– उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दियो

कांग्रेस महामन्त्री शर्मा भन्छन्– उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनले आफूहरूलाई रुपन्तारित हुन सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

कांग्रेस उम्मेदवारहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँग नराम्रोसँग पराजित भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले बुधबार बिहानै ट्वीट गर्दै भनेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ ।’ 

उनले उपचुनावमा विजयीहरूलाई बधाई तथा शुभकामना पनि दिएका छन् । 

Recent Comments

No comments to show.