ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ

ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर ।  मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन् ।

वैशाख ६ गते मिक्लाजुङ–३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकालाई ज्यान मार्ने उद्योगमा  प्रहरीले पक्राउ गरेको हो ।  

कक्षा कोठामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा  सम्प्रेषण गरेको जानकारी इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ ती बालिकालाई वैशाख ११ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरूलाई सोमबार नियन्त्रणमा लिई मंगलबार  ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा  पाँच दिनको म्याद थप गरी अनुसन्धान भइहरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार  दाहालले  जानकारी दिए।  उनका अनुसार पीडित बालिकाको उपचार विर्तामाडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ। 

Recent Comments

No comments to show.