फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा चरा ठोकिएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई जनालाई कारबाही गरेको छ।

प्राधिकरणका अनुसार फ्लाई दुबईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। उनीहरूको एयरपोर्ट प्रवेशको पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ। 

सोमबार राति ९ : २० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाजको एउटा इन्जिनमा समस्या आएपछि ठूलो आवाजसहित आगो निस्किएको थियो । 

एउटा इन्जिनमा समस्या आए पनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोकिएको (बर्ड स्ट्राइक) भनेर उल्लेख गरिएको थियो । 

प्राधिकरणले चरा ठोकिएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो। उनीहरूलाई कारबाही गरेको हो। 

Recent Comments

No comments to show.