तीन देशबाट आएको रेमिटेन्स ‘आइएमई पे’ मा लिँदा ५० रुपैयाँ बोनस

तीन देशबाट आएको रेमिटेन्स ‘आइएमई पे’ मा लिँदा ५० रुपैयाँ बोनस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आइएको छ।

उक्त बोनस रकम आगामी दिनहरूमा पनि निरन्तरता दिँदै ग्राहकहरूलाई झन्झट बिना विदेशबाट आएको रकम बालेटमै दाबी गर्न प्रोत्साहन गरेको कम्पनीको भनाइ छ।

सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स दाबी गर्दा पनि उपलब्ध हुने कम्पनीले बताएको छ।

Recent Comments

No comments to show.