काठमाडौं । इन्जिनमा समस्या देखिएको भनिएको विमान गन्तव्यतर्फ नै प्रस्थान गरेको छ।
विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन्।
९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो।
काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए।
दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।
प्रतिक्रिया