संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ घोषणा गरेको छ।

प्रतिष्ठानको स्थापना दिवसका अवसर पारेर प्रतिष्ठानले छ विधामा पुरस्कार घोषणा गरिएको हो।

यो वर्ष संगीत विधातर्फ वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिक, लोक संगीत विधातर्फ वरिष्ठ लोकगायक नवीनकिशोर राईलाई प्रदान गरिने भएको छ। 

यस्तै परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ वरिष्ठ सङ्गीत साधक विजयकुमार श्रेष्ठ, नाटक विधातर्फ प्राडा रामचन्द्र पोखरेल, रंगमञ्च विधातर्फ वरिष्ठ निर्देशक भैरव क्षेत्री र नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ।    

स्थापना दिवसका अवसरमा प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक प्रस्तुतिहसहित १३औँ वार्षिकोत्सव मनाएको छ। प्रतिष्ठानकी कुलपति निशा शर्माले आफूलगायत प्राज्ञ परिषद् र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने बताइन्।

Recent Comments

No comments to show.