बारा-२, चितवन-२ र तनहुँ-१ मा मतदान सुरु

बारा-२, चितवन-२ र तनहुँ-१ मा मतदान सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाका रिक्त तीन स्थानका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान सुरू भएको छ।

बारा २, चितवन २ र तनहुँ १ मा आइतबार बिहान मतदान सुरु भएको हो। बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नागरिकता कायम नरहेको भन्दै बदर भएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन २ मा रास्वपाका लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएको छ। 

मंसिर ४ गतेको चुनावमा कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ १ मा नेपाली कांग्रेसको तर्फवाद गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्। 

यस्तै रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुसहवा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन्।

Recent Comments

No comments to show.