काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ६९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १२ लाख ६९ हजार ४११ कित्ता सेयर विक्रीमा ल्याएको हो ।
उक्त आइपीओमा लगानीकर्ताले वैशाख १२ गतेसम्म आवेदन दिन पाउँछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख २४ गतेसम्म आवेदन खुल्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘एनपी डबल बी प्लस रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया