कार्यपालिका बैठक बहिष्कार गरेपछि हर्कले मागे वडाध्यक्षहरूको राजीनामा

कार्यपालिका बैठक बहिष्कार गरेपछि हर्कले मागे वडाध्यक्षहरूको राजीनामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको कारण विकासको काम रोकिएको भन्दै वडाध्यक्षहरूलाई राजीनामा गराउनुपर्ने बताएका छन् ।

मेयर साम्पाङले वडाध्यक्षहरुसँगको विवादका कारण पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेपछि राजीनामा मागेका हुन् ।

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

Recent Comments

No comments to show.