प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गरेको छ। ३९ औँ प्राज्ञसभा तथा नयाँ वर्षको अवसरमा प्रतिष्ठान भवनमै प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीको सुरुआत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मंगलबार गरे।

व्यवस्थापक सुधीर ढुङ्गेलका अनुसार प्रज्ञाबाट प्रकाशित साहित्यिक पत्रिका, शब्दकोश र पुस्तक गरी ६०० भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको छ। शब्दकोशमा १५ प्रतिशत र अन्य पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए।

प्रदर्शनीमा दुईदेखि तीन हजार ३०५ रुपैयाँ मूल्यको शब्दकोश राखिएका छन्। ​घरघरमा पुस्तक पुर्‍याउन छुट प्रतिशत बढाइएको र यसले पठन संस्कृतिको विकासमा टेवा पुग्ने प्रदर्शनी व्यवस्थापक ढुङ्गेलले बताए। 

प्रदर्शनी वैशाख १८ गतेसम्म सञ्चालन हुने छ।

Recent Comments

No comments to show.