नेपाल -तिब्बत (भोट) युद्धको समयमा नेपाली फौजबाट यस दुधेलामा पहाडलाई आधार बनाएर युद्ध लडेको थियो!झन्डै २००० फिट अग्लो पुर्बपश्चिम तेर्सिएको अवस्थामा यो पहाड फैलिएको छ ! यहा भएका सालका रुख तथा सल्लघारीलाइ नक्कली फौजी बनाएर तिब्बती फौजीलाइ धपाएको एतिहासिक कथन छ,यहीँबाट तल तिर तृशुलीनदि किनारमा ढुङ्गा मुढा खसाइ धैबुङबाट बेत्रावति हुँदै माथितिर आउने तिब्बती फौजलाई परास्त गरेको इतिहासमा पाइन्छ ,बेत्रावतिमा ठुलो ठुलो ढुङ्गाहरु अझैसम्म पनि देख्न सकिन्छ ,यो त्यही युद्धको बेला नेपाली फौजले खसालेको भन्ने भनाइ बुढापाखाहरुको छ !
यहाँनेर कालिकामाइ मन्दिर पनि छ , युद्धको समयमा नेपालको भुभाग रक्षाका निमित्त कालिकामाइको थपना गरि दैनिक पुजाआजा गरि युद्धकोलागि तयारी गरिन्थ्यो ! यसैगरि तामाङ-लामा समुदायको पनि बढी धार्मिक आस्था रहेको पाइन्छ ! पुर्बकालमा स्थानीय लामाहरु गेर्खुडाडामा गाइबस्तु चराउन जादा गाइले आफ्नो दूध ढुङ्गामा सधैं खसाउने गरेको देखेपछि सो स्थानमा पुजापाठ गर्ने गरेको किम्बदन्ती पाइन्छ तर कुनेबेला कसैले चराउन लगिएको गाईलाइ त्यहीँस्थानमा काटेर खाइदिएपछी त्यसस्थानमा उप्रान्त गाइले दूध चढाउन छोडेको कुरा अग्रजहरु सुनाउछन! त्यसैले गेर्खुका स्थानीय तामाङ लामा समुदायमा यस स्थानको बिशेष महत्त्व राख्दछ!
अहिले पनि यहाँ सिहाले मगरगाउ,बेत्रावती,गेर्खु,चोगते,बागेश्वरी,गेर्खुटार,तुपछे,गैरीखर्क,भैसे,फलाटे,तृशुली आसपासका क्षेत्रहरुबाट बिशेष पुजाआजा गरि आफ्नो मनोकामना भाकल पुरा गर्न दर्शनार्थीहरु चाडपर्व तथा उपयुुक्त बार पारी दर्शनको लागि आउने गर्द्छ!यसैको सिधा उतरतर्फ धैबुङ कालिका माइको मन्दिर रहेकोे छ जो मानबजातीले यिनीहरू दिदिबहिनीको रूपमा पुज्ने गरिन्छ !
यहाबाट रसुवा तर्फको दक्षिणी भुभाग उतरगया गाउँ पालिका क्षेत्र ,धैबुङ कालिकास्थान क्षेत्र ,प्रष्ट देखिन्छ ! प्राय मन्दा हावा चलिरहने भएकोले मनको सितलतालाइ सधैं ताजाको अनुभुती बनाइदिन्छ,तल बेशीमा बेत्रावती बजार र तुपचेफाटका हरियालीले यहाँ कस्को मन नरमाउला र!तृशुली र फलाखु,सलाखुनदी कलकल सुस्ताइ आफ्नै सुरमा बगीरहेकोछ ! नुवाकोट जिल्लाको तुपछे र किस्पाङ गाउँपालिकाको पुरै क्षेत्र पनि देख्न सकिन्छ !मौसम खुलेको बेला गणेश र लाङटाङ हिमालयका शृङ्खलाहरु पनि निकै मनमोहक देख्न सकिन्छ ! पछिल्लो समय आन्तरिक पर्यटनको क्षेत्रको रुपमा यो स्थान परिचित हुँदै गैरहेको छ !
नेपाल सरकारले पनि पर्यटन बर्ष २०२० घोषणा हुँदा नुवाकोटजिल्लाको ककनी बाट रानीपौवा,चिम्टेश्वर हुँदै जिलिङ डाडाबाट तल देबिघाट जालपा क्षेत्र ,र यहाँबाट नुवाकोट दरबार क्षेत्र हुदै सिमुटार झरेर गेर्खुटार बाट ,चोगते- सुर्यगढी पुगेर फर्की यहीँ दुधेलामा पहाड आएर तल सिहाले मगर गाउँ भै बेत्रावती झरेर किस्पाङ गाउँपालिकाको मानेगाउ,सातदोबाटो ,ताजी हुँदै फिकुरी डाडा अबलोकन गरि रसुवा जिल्लाको ठुलोगाउबाट तल बेशी शान्तिबजार,पैरेबेसीहुदै माथि उकालो उतरगया गाउँपालिकाको ढुङ्गे क्षेत्रमा रहेकोे घलेघढी भएर कालिकास्थानको धैबुङ कालिका माइको दर्शन गरि आ आफ्नो गन्तव्यमा फर्कने गरि “भृकुटी पैदल पदमार्ग”को नयाँ पर्टकिय गन्तव्यको रूपमा पनि तय गरिसकेको छ ! त्यसैले पनि दुधेलामा कालिका पहाडको महत्त्व रहेकोे छ !
नुवाकोट जिल्लाको साबिक गेर्खु गाबिस वडा ५ र हाल बिदुर नगरपालिका वडा नं ११ मा पर्ने यो स्थानलाई अझै व्यापक प्रचारप्रसार गरि आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याउन स्थानीय स्तरबाट नै आवश्यक कदम चाल्नुपर्ने हुन्छ !
यहाँ पुग्न तृशुली हुदै गेर्खु सम्म मोटरबाटो पुगेको छ,नुवाकोट दरबार क्षेत्रबाट पनि चोकदेहुदै गेर्खुमा जोडिन्छ र यहाँबाट ३०/४५ मिनेटको उकालो उक्लिनु पर्छ !बेत्रावतिबाट सिहालेसम्म मोटरबाटो पुगेको छ र सिहालेबाट १/१:३० घन्टाको ठाडो उकालोबाटो हिड्नु पर्ने हुन्छ,तर गोरेटोबाटो सांघुरो असजिलो छ ! मानव बस्ती नभएकोले खानपिन तथा पानीको ब्यवस्थापन भने आफैले जोहो गरि लानुपर्ने हुन्छ ! पानीको चरम अभाव रहेकोे छ !
यसतर्फ प्रदेश सरकार ,बिदुर नगरपालिका तथा सम्बन्धित वडा ११ ले बिशेष बजेट छुट्याइ यहाँ अत्यावश्यक संरचनाहरुको सुधार,मर्मत र संरक्षण गर्नुपर्ने देखिन्छ ! सबै संरचना तयार गरि एउटा पर्टकिय गन्तव्यको रूपमा दुधेलामा पहाडलाइ लान सकिन्छ !राम्रो सम्भावना भएर पनि कसैले चासो नलिएको कारण अहिलेसम्म यो एतिहासिक,धार्मिक एवं पर्टकियस्थल ओझेलमा परेकोछ!
अहिलेसम्म जुन अवस्थामा यहाँनेर भएका संरचनाहरु मन्दिर पाटीपौवा, बाटोघाटो सुधार,रेलिङबार निर्माण भएका छन ती सबै बेत्रावतीबजारका स्थानीय समाजसेवी टेक बहादुर प्याकुरेलको देन हो!
शशिकुमार डङोल
प्रतिक्रिया