काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक तालिका सार्वजनिक गरेको छ।
महानगरको शिक्षा विभागले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार वैशाख ३ गतेदेखि शैक्षिक सत्र शुरु भएको छ। गर्मी बिदा ८ दिन (असार २२ देखि २९ गतेसम्म) र जाडो बिदा १९ दिन (पुस १६ देखि माघ ५ गतेसम्म) तोकिएको छ।
यसैगरी सबै महानगरपालिकाका सामुदायिक विद्यालयले प्रथम त्रैमासिक परीक्षा साउन २५ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन गर्नुपर्ने छ। दोस्रो त्रैमासिक परीक्षा पुस १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
दशैँतिहार बिदा ३३ दिन दिइएको छ। अन्तिम मूल्यांकन परीक्षा चैत १ देखि ९ गतेसम्म मिति तय भएको महानगरपालिकाले जनाएको छ। नतिजा प्रकाशन अर्को नयाँ शैक्षिक सत्र हुने दिनसम्म प्रकाशन गर्नुपर्ने छ।
यसैगरी वार्षिक तालिकाअनुसार २०८० मा ५ दिन विद्यालयहरूले आफैँले आवश्यकताअनुसार बिदा दिन सक्नेछन्। यो शैक्षिक सत्रमा जम्मा २२४ दिन विद्यालय सञ्चालन हुनेछ।
प्रतिक्रिया