अब सडकपेटीमा राति मात्रै निर्माण कार्य गर्नुपर्ने, सामान राखे जफत हुने

अब सडकपेटीमा राति मात्रै निर्माण कार्य गर्नुपर्ने, सामान राखे जफत हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब काठमडौं महानगरपालिका भित्र सार्वजनिक निकायले सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य राति ८ बजेपछि मात्रै गर्नुपर्ने भएको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड लागू गर्दै यस्तो व्यवस्था गरेको हो।

महानगरले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

सो अनुसार अब महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री राखेर अवरोध गरेमा कारबाही समेत गर्ने भएको छ । निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्नेछ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ ।

Recent Comments

No comments to show.