रवि भन्छन्– ‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’

रवि भन्छन्– ‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको विषयलाई लिएर स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापाको स्वास्थ्यमा सुधार आइरहेको समेत जनाकारी दिएका छन् ।

उनले भनेका छन् -‘आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । CMS ( पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु ।

मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।

चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

Recent Comments

No comments to show.