काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो ।
बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए।
त्यसैगरी, बैंकको वीरगंज शाखाद्वारा अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरूका लागि खानेपानीको आवश्यकता परिपूर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द« बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै, बिचबजार–धादिङ्ग शाखाद्वारा निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरू मध्येबाट गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरूलाई शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्रवृती प्रदान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
प्रतिक्रिया