काठमाडौं । नेपाली नयाँ वर्ष वि.सं. २०८० को उपलक्ष्यमा फूडमान्डुले नयाँ अफर घोषणा गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २० देखि ८० प्रतिशतसम्मको छुटको भौचर कोड प्राप्त गर्न सक्नेछन् । छुट कति पर्यो भनेर ग्राहकहरूले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् ।
आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फूडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरूलाई उत्साह र रहस्यको अनुभूति दिन ल्याइएको हो ।
फूडमाण्डुका ब्रान्ड मार्केटिङ एक्जेक्युटिभ अंकिता जोशी भन्छन्, ‘हामी निरन्तर रुपमा नयाँ नौलो क्याम्पेनहरु ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरुलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।’ यो अफरको लाभ लिन फूडमाण्डुको एपमा जानुपर्नेछ ।

Comment