बीवाइडीका गाडी किन्न एनएमबी बैंकले ८०% ऋण दिने

बीवाइडीका गाडी किन्न एनएमबी बैंकले ८०% ऋण दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीवाइडी अटो इन्डष्ट्रीजको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि र एनएमबी बैंक बीच व्यवसायिक साझेदारी गर्ने सम्झौता भएको छ ।

विद्युतीय सवारी उपभोक्तको पहुँचमा सजिलै पुर्याउने उद्देश्यले दुई कम्पनी बीच वित्तीय सहजीकरण सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बीवाइडीका विद्युतीय सवारी खरिदका लागि एनएमबी बैंकले सुलभ ब्याजदरमा सहजै कर्जा उपलब्ध गराउने छ।

बैंकले बीवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको छ । अर्थात् ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै बीवाइडीका गाडी किन्न सक्नेछन् । बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत ब्याजदरमा र त्यसपछिको २ वर्षका लागि समान्य फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो ।

साइमेक्सले हाल बीवाइडीको एटो थी र ई सिक्स विक्री गर्दै आएको छ । एटो थ्रीको मूल्य ६४ लाख ९० हजार रहेको छ भने ई सिक्सको ५९ लाख रुपैयाँ रहेको छ ।

ग्राहकले २० प्रतिशत अर्थात् १२ लाख ९८ हजार डाउन पेमेन्ट मा एटो थ्री र ११ लाख ८० हजार डाउन पेमेन्टमै ई सिक्स किन्न सक्नेछन् ।

Recent Comments

No comments to show.