सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु २ खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।

यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने
अवस्था छ भने पूँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका
अनुसार ९ महिनामा सरकारले वार्षिक विनियोजनको ५२.५७ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख
बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब ५ करोड १६
लाख बराबर खर्च भएको देखिएको हो ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१
लाख बजेट विनियोजन भएको थियो । चैत मसान्तसम्ममा यो शीर्षकमा ५९.७३
प्रतिशतअर्थात् रु ७ खर्ब ६ अर्ब ७६ लाख ५९ हजार बराबर खर्च भएको छ ।

पूँजीगत शीर्षकमा यस वर्ष रु ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट
विनियोजन भएकोमा हालसम्म २८.१९ प्रतिशतअर्थात् रु १खर्ब ७ अर्ब २४ करोड ३४
लाख बराबर मात्रै खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि रु २
खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकोमा चैत मसान्तसम्म ५६.०५
प्रतिशत अर्थात् रु १ खर्ब १९ अर्ब ४ करोड २३ लाख बराबर खर्च भएको छ । यो
अवधिमा पूँजीगतभन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च बढी देखिएको छ ।

चैत मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९.६७ प्रतिशत
बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब
६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास
सकिँदासम्म रु ७ खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन
भएको देखिएको हो ।

यो अवधिमा आन्तरिक राजस्व वार्षिक लक्ष्यको ४८.७३ प्रतिशत बराबर छ । कुल
रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर आन्तरिक राजस्व उठाउने वार्षिक
लक्ष्य राखिएकोमा हालसम्म रु ६ खर्ब ८३ अर्ब ८० करोड ५९ लाख बराबर मात्रै
सङ्कलन भएको देखिएको हो । त्यस्तै यस वर्ष रु ५५ अर्ब ४५ करोड ८३ लाख बराबर
वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशतअर्थात्
रु ४अर्ब ८० करोड २० लाख बराबर मात्रै आएको छ । रासस

Recent Comments

No comments to show.