२०७९ मा १३५ फिल्म प्रदर्शन : कमाइ ५२० देखि २१ करोडसम्म, यी हुन् सबैभन्दा ‘फ्ल्प फिल्म’

२०७९ मा १३५ फिल्म प्रदर्शन : कमाइ ५२० देखि २१ करोडसम्म, यी हुन् सबैभन्दा ‘फ्ल्प फिल्म’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भएका छन् ।

यद्यपि बोर्डले १३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको
अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् ।
तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार
‘सिवानी’ चलचित्रको ५ वटा टिकट मात्र बिक्री भएको छ । सो वापत चलचित्रको
कमाइ रु ५२० भएको छ । ‘

रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा रु ३ हजार ५९६ ग्रस कमाइ
भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएवापत रु ४ हजार ८३२, ‘चोर
र पुलिस’ चलचित्रको १०४ टिकट बिक्रीबाट रु १८ हजार ७२५ कमाइ भएको छ ।

त्यसैगरी ‘सरी मम’ चलचित्रको ११२ टिकट बिक्री हुँदा रु २३ हजार ७५२,
‘आँधी तुफान’ चलचित्रको १४५ टिकट बिक्री भएवापत रु २८ हजार ४३९, ‘स्वार्ड
आर्ट अनलाइन’ चलचित्रको ३०६ टिकट बिक्री भएवापत रु १ लाख ३० हजार ३० को
ग्रस कलेक्सन भएको छ ।

उल्लिखित चलचित्रमा नेपालीसँगै भोजपुरी र विदेशी चलचित्रसमेत छन् । यो
वर्ष केही आश गरिएका चलचित्रले दर्शकसँगै बक्स अफिसमा निराश अङ्क ल्याएको छ
। बेलायतमा तयार गरिएको चलचित्र ‘गोर्खा : बीनिथ द ब्रेभरी’ को ३९० टिकट
मात्र बिक्री भएको छ । जसबाट चलचित्रले व्यापार रु १ लाख ४३ हजार ३७३ को
कमाइ गरेको छ ।

चलचित्र ‘षट्कोण’ ले पनि राम्रो व्यापार गर्न सकेन । कार्म, भोलाराज
सापकोटालगायत कलाकारले अभिनय गरेको चलचित्रको ५४८ टिकट मात्र बिक्री भयो ।
सो वापत चलचित्रको ग्रस कमाइ रु २ लाख १७ हजार ३२५ छ । साइकोलोजिक थ्रिलर
जनरामा निर्माण भएको र गत वैशाख २३ मा प्रदर्शन भएको चलचित्रलाई मिलन डि
काप्रीले निर्देशन गरेका छन् ।

सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘म’ ले निकै कमजोर व्यापार गर्यो ।
चलचित्रसम्बन्धी अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा
निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का,
सरिता लामिछाने, सरोज खनाल, संजोग रसाइलीलगायत कलाकारले अभिनय गरेको
चलचित्रको बोर्डले सार्वजनिक गरेको विवरणमा ९३७ टिकट बिक्री भएबापत रु २
लाख ९० हजार २४९ को ग्रस कमाइ छ ।

गत चैत १७ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमा’ सार्वजनिक प्रचार
सामग्रीको कारण चर्चामा थियो । गोविन्दसिंह भण्डारीले निर्देशन गरेको
चलचित्रमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ, अरुण क्षेत्रीलगायत कलाकारले
अभिनय गरेका छन् । यद्यपि चलचित्रको ३५१ टिकट मात्र बिक्री भयो । सो वापत
चलचित्रको कमाइ रु १ लाख १० हजार ७७३ छ ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले सर्वाधिक
बढी कमाइ गर्ने रेकर्ड बनाएको छ । ‘कबड्डी’ कै शृङ्खलाको रूपमा अगाडि
बढिरहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गरेका
हुन् । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को ७ लाख
६६ हजार ७०० टिकट बिक्री भएवापत रु २१ करोड ३८ लाख १३ हजार ४६२ ग्रस
व्यापार भएको छ । नेपाली चलचित्रमा यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने
चलचित्र हो ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना
मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ,
कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका
कलाकारको अभिनय छ ।

Recent Comments

No comments to show.