काठमाडौ । संघीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ।
बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेका लागि समय निर्धारण गरिएको छ’ सूचनामा भनिएको छ।
प्रतिक्रिया