हिमालयन शेर्पाले एपिएफलाई हरायो

हिमालयन शेर्पाले एपिएफलाई हरायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले एपीएफ क्लवबिरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ । 

च्यासल रगंशालामा बुधवार भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे । एपिएफका अमार्न्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए । 

प्रतिष्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पु-याएको खेलको इन्जुरी समयमा एपिएफका अर्माण्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए । 

४७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे । तर, ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे । 

जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट ९ अंक जोडेको छ । समान खेल खेलेको एपिएफको भने ११ अंक छ । 

Recent Comments

No comments to show.