वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ

वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्।

वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय टोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो। उनलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए।

सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो।

गौशाला नगरपालिका–५ शिवभक्ति खोरबाट चोरी गरेर मोटरसाइकल ल्याएको बताएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

Recent Comments

No comments to show.