नवीकरण नगर्ने क्याम्पसलाई त्रिविको निर्देशन : वैशाखभित्र स्पष्टीकरण पेस गर्नू

नवीकरण नगर्ने क्याम्पसलाई त्रिविको निर्देशन : वैशाखभित्र स्पष्टीकरण पेस गर्नू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धनप्राप्त क्याम्पससँग स्पष्टीकरण मागेको छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सोमबार एक सूचना निकालेर आगामी वैशाख मसान्तसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

निर्देशनालयले विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु सञ्चालन गरेका क्याम्पसमध्ये कतिपयले हालसम्म नवीकरण नगरेको पाइएको त्रिविले बताएको हो। ती क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयको नियमानुसार खारेजी किन नगर्ने भनेर त्रिविले स्पष्टीकरण सोधेको हो।

विभिन्न संकाय तथा संस्थान र कार्यक्रमको सम्बन्धन लिएका क्याम्पस/कलेजहरुले कुनै वा सबै कार्यक्रम खारेज गर्न चाहेमा त्रिवि योजना निर्देशनालयमा निवेदन दिन पनि भनिएको छ। सोमबारसम्ममा व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त ८१८ वटाले मात्रै नवीकरण गरेका निर्देशनालयले जनाएको छ।

यी संकायबाहेकका इन्जिनियरिङ अध्ययन संस्थानका १० क्याम्पस, चिकित्सा अध्ययन संस्थानका १५ क्याम्पसलगायत केही विभागको सम्बन्धनप्राप्त कलेजहरुले नवीकरण गरिसकेका छन्। त्रिविअन्तर्गत १ हजार ६० सम्बन्धनप्राप्त कलेजहरु छन्।

Recent Comments

No comments to show.