दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २०% सम्म छुट पाउने

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २०% सम्म छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकमा ग्राहकले दराज अनलाइनमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र दराज नेपालले सहकार्य गर्दै ‘नेपाली नयाँ वर्ष योजना’ ल्याएका हुन् । यो योजना अनुसार बैंकका ग्राहकले दराजको अनलाइनबाट सामान खरिद गर्दा बैंकको डोमेस्टिक डेबिट/क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गर्दा न्यूनतम ८ देखि अधिकतम २० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

ग्राहकले स्वस्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरनका सामान किन्दा उक्त छुट पाउने छन् । ग्राहकले सानिमा डोमेस्टिक कार्डबाट भुक्तानीमा ८ प्रतिशत वा अधिकतम ५०० रुपैयाँ, डोमेस्टिक क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत अर्थात् अधिकतम ५०० रुपैयाँ र डोमेस्टिक डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा २०० रुपैयाँसम्म छ्ट पाउने छन् ।

सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान हुने जनाइएको छ । यो अफर चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकले हाल देशभरका १३० वटा शाखा कार्यालय र १२३ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

Recent Comments

No comments to show.