समिट अपार्टमेन्टको निर्माणको काम रोकियो, भत्किएको घर बनाइदिने सहमति

समिट अपार्टमेन्टको निर्माणको काम रोकियो, भत्किएको घर बनाइदिने सहमति

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको कुपण्डोल हाइटमा समिट होटल र अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको रोहबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाध्यक्ष, होटल समिट र पीडित पक्षबीच भएको सर्वपक्षीय बैठकमा तत्काल राहत तथा पुनर्स्थापना लगायतको सहमति भएको हो ।

१२ बुँदे सहमतिमा चर्केका र भत्किएका घरको मर्मत र निर्माण कम्पनीले गर्ने, भासिएका कारण बन्द रहेको होटल ग्रिनविचमा काम गर्नेहरुलाई खान बस्नको व्यवस्था गर्ने तथा तत्कालका लागि समिट होटल एण्ड अपार्टमेन्टको निर्माण कार्य रोक्ने उल्लेख छ । ललितपुर महानगरपालिकाको निर्देशनपछि निर्माणको काम रोकिएको छ ।

यस्तै, बैठकले तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाउन पीडकको पक्षबाट एक करोड रुपैयाँको ‘र्‍यापिड रिलिफ फण्ड’ स्थापना गर्ने निर्णय पनि भएको छ ।

Recent Comments

No comments to show.