रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको
अडियो सार्वजनिक भएको छ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम
बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट
सुनिएको छ ।

अडियोमा उनले मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेका मान्छेलाई उक्त
पैसा बुझाउनुपर्ने उल्लेख गरेका छन्। उक्त रकम आफूले पाएर
स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।

अडियोमा उनले भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो ।
मन्त्रीका लागि रवि सरलाई दुई करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा
छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ ।
त्यसैले अलिकति सहयोग चाहिएको छ ।’

श्रेष्ठ यसअघि पनि विवादमा परेका व्यक्ति हुन् । उनले पोखराको एक सहकारीबाट करोडौं अनियमितता गरेको समाचार सार्वजनिक भएको थियो ।

Recent Comments

No comments to show.