वरिष्ठ नेता मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी, एमालेमै फर्किने

वरिष्ठ नेता मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी, एमालेमै फर्किने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता  मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका हुन् ।

उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे।

उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए।

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे।

उनले गत माघ २१ र २२ गतेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखी छलफलको लागि माग गरे पनि हालसम्म कुनै पनि छलफल नभएकोप्रति गुनासो गरेका छन् ।

Recent Comments

No comments to show.