सहकारीलाई नियमन गर्न राष्ट्र बैंक होइन, छुट्टै संस्था चाहिन्छ : युवराज खतिवडा

सहकारीलाई नियमन गर्न राष्ट्र बैंक होइन, छुट्टै संस्था चाहिन्छ : युवराज खतिवडा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीहरु स्वनियमनमा नबस्दा समस्या आएको बताएका छन्।

नेपाल राष्ट्र बैंकको गभर्नर हुँदादेखि नै सहकारीहरुलाई बलियो नियामक चाहिने बताउँदै आएका खतिवडाले शुक्रबार एक कार्यक्रममा बोल्दै स्वनियमनमा नबस्दा सहकारी संस्थाहरुले विश्वास गुमाउन थालेको बताए।

तेस्रो राष्ट्रिय सहकारी सम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिमाझ खतिवडाले सहकारीले सहकार्यको भावना जागृत गराए आर्थिक विकासमा योगदान गरे पनि स्वनियमनमा नबस्दा समस्या बढेको बताएका हुन्।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना अहिले तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चलिरहेको छ। पूर्वअर्थमन्त्री खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए।

पहिलो प्यानल डिस्कसन उठेका प्रश्नको जवाफमा खतिवडाले सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानुनको आवश्यक भएको बताए। उनले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने र अर्कै निकाय स्थापना गर्ने सुझाव दिए।

महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन्। कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्। महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागिता छ।

Recent Comments

No comments to show.