‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको छैटौँ चरणको अन्तिम खेल अन्तर्गत रहेको मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यस्तै एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। लिगको सातौँ चरण अन्तर्गत रहेको दुई टोलीबीचको खेल पनि दिउँसो २ बजे बाटै सुरु हुनेछ । मनाङ आज चौँथो जितको  खोजीमा छ । मनाङ ५ खेलमा ११ अंक जोडेर चौँथो स्थानमा रहेको छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा रहेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १२ औँ स्थानमा रहेको छ । खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ खेलमा ६ अंक जोडेर ११ औँ स्थानमा रहेको छ । जावलाखेल पाँचौ जितको योजनामा हुनेछ । जावलाखेल ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Recent Comments

No comments to show.