टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवागढी नाका अन्तर्गत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ ।

पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर (खम्बा) वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्र रूपले अगाडि बढेको हो ।

चीन सरकारको सहयोगमा विगत ४ वर्ष अगाडिदेखि निर्माण सुरू गरिएको सुख्खा बन्दरगाहको निर्माणकार्य तिब्बत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ ।

चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधिन सुख्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोसी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा सङ्लग्न प्राविधिकहरूले बताएका छन् ।

५० हजार ९०० वर्ग मिटर क्षेत्रफल ओगटेको सो सुख्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्बत फुल्ली कन्ट्रक्सनका मेनेजर ईउ हाइयाङले जानकारी दिएका छन् । ३१३ ठूला कन्टेनर र साना २३ वटा जिपकार भ्यान राख्ने क्षमताको उक्त सुख्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण निर्माणमा ढिलाइ भएको टिमुरेको सुख्खा बन्दरगाहको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाइने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् ।

छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माणस्थलको उत्तरतर्फका दुई वटा विद्युत् खम्बा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएका कारण काममा बाधा परिरहेको जनाइएको छ ।

Recent Comments

No comments to show.