बार्सालाई हराउँदै पार्दै रियल फाइनलमा, बेन्जिमाको ह्याट्रिक

बार्सालाई हराउँदै पार्दै रियल फाइनलमा, बेन्जिमाको ह्याट्रिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। 

सेमिफाइनलको दोस्रो लेगमा रियलले  उत्कृष्ट पुनरागमन गर्दै ४-० गोलको जित हात पार्‍यो। बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे।

क्याम्प नाउमा भएको पहिलो लेगमा बार्साले १-० गोलको अग्रता लिएको थियो। तर घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो।

पहिलो हाफको इन्जुरी समयमा रियालका भिनिसियस जुनियरले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए। ५० औं मिनेटमा बेन्जिमाले लुका मोड्रिचको सहयोगमा गोल गरेपछि पछाडि परेको बार्सा खेलमा फर्कन सकेन। ५८ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत टिमका लागि तेस्रो गोल थपे।

८० औं गोल गर्दै  बेन्जिमा ह्याट्रिक पूरा गरेपछि कार्लोस एन्सेलोटीको टोली सानदार जितका साथ उपाधि नजिक पुग्यो। बेन्जिमाको रियालका लागि यो लगातार दोस्रो ह्याट्रिक हो। उनले गत आइतबार ला लिगाको खेलमा रियाल भल्लाडोलिडलाई ६-० गोलले पराजित गर्दा ह्याट्रिक गरेका थिए।

योसँगै रियालले एल क्लासिकोमा हारको शृङ्खलामा पनि पूर्णविराम लगायो। पछिल्ला तीन एल क्लासिकोमा बार्सा विजयी भएको थियो। अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ। 

Recent Comments

No comments to show.